दलित गाउँका पहिलो शिक्षक

कांग्रेसको अवरोध हटाउँछौँ, संसद्लाई बन्धक बन्न दिँदैनौँ: उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको अवरोध हटाएर संसद्लाई अगाडि बढाउने बताउनुभएको छ।

नेकपा (एमाले) चितवनको ११ औँ अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले यस्तो दाबी गर्नुभएको हो । कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएको भन्दै उहाँले त्यसलाई पन्छाएर अगाडि बढ्ने बताउनुभयो।

‘कांग्रेसले बहुमतलाई बन्धक बनाएको छ। संसद्मा अलोकतन्त्रको हद देखायो। कुनै मर्यादा राखेन, सत्ता पक्षको ठाउँमा आएका हुलहुज्जत गर्‍यो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको अवरोधलाई हटाएर भएपनि संसद् बन्धक बनाउन दिँदैनौँ।’

उहाँले कांग्रेस संसद्मा अलोकतान्त्रिक रूपमा अगाडि बढेको दाबी गर्नुभयो। ‘कांग्रेसको भविष्य छैन’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : ५९ बजे