दलित गाउँका पहिलो शिक्षक

उस्तै समाचारमा फरक ‘हेडलाइन’, कान्तिपुर हिजो, कान्तिपुर आज 

काठमाडौं । कान्तिपुर पब्लिकेशनका मालिक कैलाश सिरोहिया प्रहरी हिरासतमा भएको खबरले यत्तिखेर सामाजिक सञ्जाल तीव्र रूपमा गरमराइरहेको छ ।केही दिन अघिदेखि सिरोहिया पक्राउ पर्नु फौजदारी अभियोग या प्रेस स्वतन्त्रताको हनन भनेर विभाजित सामाजिक सञ्जाल यत्तिखेर  कैलाश सिरोहिया अस्पताल भर्ना भएसँगै झन् धेरै गरमराएको हो ।

 यत्तिखेर सामाजिक सञ्जालमा सिरोहिया बिरामी नपरी बिरामीको बहानामा अस्पताल भर्ना भएको हुनसक्ने भन्दै तीव्र आलोचनाहरू भइरहेका हुन् । सामाजिक सञ्जालमा हिरासतको बसाइ छल्न उनलाई अस्पतालमा भर्ना गरिएको भनेहरुको  बाक्लो जनमत देखिएको छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सिरोहियाको अस्पताल भर्नाको समाचार कान्तिपुरले पनि व्यक्तिअनुसार फरक फरक ढङ्गले सम्प्रेषण गरेको भन्दै तीव्र आलोचना गरेका छन् । कान्तिपुरले अनमोल केसीको बारेमा लेखेको ‘हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति’ समाचारको स्क्रिनसट र अहिले ‘चारदिन हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना’शीर्षकको समाचार बनाएको भन्दै तीव्र आलोचना गरेका हुन् । अरूलाई पर्दा जरैबाट उखल्न खोज्ने कान्तिपुर आज आफूलाई पर्दा भने प्रेस स्वतन्त्रता, मानवअधिकार र अस्पताल भर्नाको बहाना बनाइरहेको उनीहरूको असन्तुष्टि छ ।

कान्तिपुरका पुराना हेडलाइनहरू आफैलाई भारी पर्न थालेको कतिपयको तर्क छ । अनमोलको समाचारमा कान्तिपुरले प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पतालको सुविधासम्पन्न क्याबिनमा बसेको र आलोचना भइरहेको समाचार लेखेको थियो  । उक्त समाचारमा उस्ले पहुँच भएकाहरु बिरामीको स्वाँग पार्दै सुविधा सम्पन्न अस्पतालमा बस्ने गरेको आरोप लगाएको थियो । कान्तिपुरले उक्त समाचार पूर्वसभामुख कृष्णबहादुर महरादेखि भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङ हिरासत छल्न अस्पताल भर्ना भएको ठोकुवा गरेको  थियो ।  उक्त समाचारमा बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेकोदेखि जुवाखालबाट पक्राउ परेकाहरुसमेत  हिरासत छल्न अस्पताल भर्ना भएको आरोप लगाइएको थियो ।  

कान्तिपुरका अध्यक्ष हिरासतबाट अस्पताल भर्ना हुनुलाई पनि त्यही हिरासत छल्ने कडीको रुपमै अर्थाउँदै  समाजिक स‌न्जालमा कान्तिपुरको हिजो र आजका फरक समाचार भन्दै तिव्र  आलोचना भएको हो ।   सिरोहिया माथि किर्ते नागरिकता बनाएको आरोप लागेको छ । धनुषा जिल्ला अदालतको आदेशपछि सिरोहियालाई मङ्गलवार काठमाडौंबाट पक्राउ गरी जनकपुर लगिएको थियो । आफूलाई पक्राउ गर्नु अघि सिरोहियाले प्रेस स्वतन्त्रताको दुहाई दिन भ्याएका थिए ।

सिरोहिया पक्राउ पछि कान्तिपुरले निरन्तर सिरोहियाको बचाउमा समाचारहरू प्रकाशन गरेको भन्दै त्यसको समेत यत्तिखेर आलोचना भइरहेको छ ।  अरू त अरू सामाजिक सञ्जालकर्ताहरूको आरोप छ कान्तिपुरले आफ्ना अध्यक्षका लागि भन्दै जुनरुपमा प्रश्न गरिरहेको छ र जसजसलाइ प्रश्न सोधिरहेको छ ती सबैलाई प्रयोग गरेर आफ्नो जनमत देखाउन खोजेको अर्थमा सामाजिक सञ्जाल गरमराइरहेको छ । उनीहरू सबैको एउटै चासो छ हिजो अरूका लागि कस्तो थियो, कान्तिपुर र आज आफूलाई पर्दा के गरिरहेको छ कान्तिपुर ? 

 

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३० बजे