दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भोकालाई खाना खुवाउने जोडी

काठमाडौं । कोभिड महामारी सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।

यस्तै समस्यामा परेकाहरुलाई आफैंले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय ९सुशील० र लक्ष्मी अधिकारीले गर्दै आएका छन्। काठमाडौंबाट सात किलोमिटरमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र  अचार तयार गरेर उनीहरु  अप्ठ्यारोमा परेकाहरुलाई  खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र  सुकेधारासम्म पुग्छन्।

मासिक सय रुपैयाँमा अध्यापन हुने समता स्कुलका प्रधानाध्यापकसमेत रहेका अजयको यो जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठ्यारोमा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिदिएको छ र थुप्रै विद्यार्थीलाई अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको छ। यस्तो अप्ठ्यारो समयका बेलामा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उनीहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने उनको भनाइ छ।

अजयले भने, ‘किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो।’

‘हामीले दिएको खाना सबैले लिनुहुन्छ तर कसैले पाइसकेर पनि लिनुहुन्छ, कसैले त फलिदिनुहुन्छ, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ । जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै हामी खान दिने गर्छौं,’ लक्ष्मीले भनिन्, ‘धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खानुहुन्छ, त्यो देखेर एकदम खुशी लाग्छ।’ रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १२ बजे