साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिg'\eof]।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।

काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ४१ बजे