दलित गाउँका पहिलो शिक्षक

बालुवाटारमा जुटेन दलहरूबीच सहमति

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुट्न सकेन । शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।  

बैठक सकारात्मक भएपनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयाे ।  

बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं। यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं। दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला । 

"बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं। यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं। दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला" लेखकले भन्नुभयाे । 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : १७ बजे