सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल नियुक्त

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ।

किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश हुनुभएपछि खनाल कार्यकारी प्रमुखमा नियक्त हुनुभएको हो ।  बैंकको बिहीबार बसेको संचालक समितिले चार वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिनुभएको थियो। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ ।  १६ वर्षअघि बैंकमा ८औँ तहबाट प्रवेश गर्नुभएका उहाँले शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाउनुभएको थियो । 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ४३ बजे