दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दाङको कोइलाबास नाका ७२ घण्टाका लागि बन्द

दाङ । नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत दाङमा रहेको एकमात्र नाका कोइलाबास नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमानाका बन्द हुने व्यवस्थाअनुसार कोइलाबास नाका जेठको १२ गते राति १२ बजेसम्मका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशन गरी भोलि जेठको १२ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुने भएकाले आवातजावत नगर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ३८ बजे