दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द पोखरेलको दावी

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित कृष्ण चन्द्र पोखरेल प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुग्नुभएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसदको हस्ताक्षरण सहित उहाँले आफनो दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि २४ घण्टाको समयसीमा दिनुभएको थियो । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३१ सांसद आवश्यक हुन्छ।

प्रदेश प्रमुख पौडेलले पोखरेलको दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताउनुभएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : ०६ बजे