थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि, ६७ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप  ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा  ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुल ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ५ हजार २२५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ७५ हजार  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार ३०५ जना रहेका छन् ।

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ११ बजे