‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खुला ठाडो भाका र बाघचाल प्रतियोगिता आजदेखि

लमजुङ ।  खुला ठाडो भाका र बाघचाल प्रतियोगिता आज (शुक्रबार) र भेलि (शनिबार) दुईदिन आयोजना हुने भएको छ । 

ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

उहाँले ठाडो भाकाका लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । 

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबँेसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धन दोर्दी गाउँपालिकाले गरेको छ । 

कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ । 

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताउनुभयो । ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ । 
    
ठाडोभाकातर्फ प्रथमलाई रु २५, दोस्रोलाई रु १५ र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप रु तीन÷तीन हजार प्रदान गरिने छ । 

बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार हजार र सान्त्वना दुई जनालाई रु दुई÷दुई हजार पुरस्कार छ । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाउनुभएको थियो । रासस 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ३६ बजे