दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

संस्कृतिविद् सत्यमोहन जोशीलाई निमोनिया देखियो, किष्टमा उपचार हुँदै

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई बुधबार अस्पताल लगिएको हो। कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको तर छातीमा निमोनियाको संक्रमण देखिएको अस्पतालले जनाएको छ छ। किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ। उहाँको उपचारका लागि छातीरोग विशेषज्ञ प्रा.डा.मीलेश जंग सिजापतीको टोली संलग्न छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : ४१ बजे