दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

क्रेनले विद्युत लाइन छुँदा दुई जनाको मृत्यू

काठमार्डौ । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोलुदूधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवामध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार  छन् ।
ग. १ ज.५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।

विगत केही वर्षयता निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाइटेन्सन लाइनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाइटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १ : २४ बजे