दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नागरिकता अध्यादेश कार्यान्वयन रोक्ने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : प्रभु साह

काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहले नागरिकतासम्बन्धी अध्यादेशमा अन्तरिम आदेश दिएर रोक लगाउने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा अदालतका फैसलालाई अस्वभाविक भएको भन्दै यसले मुलुकमा संकट निम्त्याउने उल्लेख गरेका छन। ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ।’
 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : ११ बजे