थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप  ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ९ हजार ९०१ नमूनाको पीसीआर र ५ हजार ३३७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुल ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ५ हजार २९३ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ७७ हजार ८५८ रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ५९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार २३८ जना रहेका छन् ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ३८ बजे