दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तस्विरमा हेर्नुहोस नवनियुक्त ८ मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

आज मन्त्री बनेका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् । नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराउनुभएको हो ।

 

तस्विर : सुनिल बज्राचार्य (राष्ट्रपतिको सचिवालय)

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : २६ बजे