दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पृथ्वीसुब्बा गुरुङ्गको साथ छोड्दै दिपक मनाङे विपक्षी गठबन्धनतिर

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघि नै युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेका छन् । गण्डकी प्रदेश सभामा आज मध्याह्न १२ बजेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको थियो ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८ (३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर उनैले बनाएका मन्त्री मनाङ्गे विपक्षी गठबन्धनमा लागेसँगै नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ४७ बजे