दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली काँग्रेस प्रदेश नं २ को सरकारमा सहभागी, माओवादीको गृहकार्य पुगेन

काठमाडौं । नेपाली काँग्रेस प्रदेश नं २ को सरकारमा सहभागी भएको छ । प्रदेश नं २ को प्रदेश प्रमुख राजेश झाले काँग्रेसबाट सहभागी तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराउनुभएको छ ।

जनकपुरधामस्थित प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालयमा बुधबार राती नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोय यादबको नेतृत्वमा ओमप्रकाश शर्मा र बिरेन्द्र प्रसाद सिंहले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो । प्रदेश २ को मन्त्रीपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले मन्त्री पदमा नियुक्त राम सरोज यादबलाई भौतिक पूर्बाधार बिकास मन्त्रालय, ओम शर्मालाई खानेपानी तथा उर्जा बिकास मन्त्रालय र बिरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ । १०७ सदस्यीय प्रदेशसभामा काँग्रेसका १९ जना सदस्य छन् ।
यसैबीच, प्रदेश सरकारमा माओवादी केन्द्रलाई तात्कालै सहभागी गराउने योजना बिफल भएको छ । सरकारमा सहभागी भई मन्त्री पदको शपथ गर्ने योजना रहेकोमा गृहकार्य नपुग्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ३१ बजे