दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

जेठ २८ गते संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : १६ बजे