काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता निष्कर्षविहीन भएको छ ।
नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले एक दुईवटै भेटघाटबाट समस्या समाधान भइहाल्ने अवस्था नरहेपनि वार्ता सकारात्मक रहेको उहाँले बताउनुभयो ।
ओली र नेपाल दुवै एकताका लागि सकारात्मक रहेको दुगडले प्रष्ट पार्नुभयो । दुई नेताबीच बुधबार पनि भेटवार्ता भएको थियो । बुधबारको वार्तामा दुवै नेताले आ–आफ्ना अडान राख्नुभएको थियो ।
प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार ६ : ११ बजे
प्रतिक्रिया