दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

संसद् विघटनविरुद्ध परेको रिटमा सुनुवाइ सुरु 

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस प्रारम्भ भएको छ । यसअघि इजलास गठनको विषयमा लगातार प्रश्न उठेको भए पनि आज सुरुमै न्यायाधीश ईश्वर खतिवडाले हिजोअस्ति उठेका कुरा आफूहरुको नोटिसमा रहेको बताएका थिए ।

न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै भएन ।
आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचीमा समावेश गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन । उहाँहरूले आजै इजलासमा नै आफ्नो निर्णय सुनाउनु हुने बताइएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १२ : ३७ बजे