काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीका सुपुत्रको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै ओलीले भाकपा महासचिव यचुरी तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
कोरोनाभाइरस संक्रमणको कारण यचुरी पुत्र आशिषको निधन भएको थियो ।
प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार ६ : ०० बजे
प्रतिक्रिया