दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतमा बस र टेम्पु ठोक्किँदा १७ जनाको मृत्यु, १९ घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कानपुरमा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।

कानपुरस्थित कानपुर–इटावा राजमार्गमा मंगलबार राती तीब्र गतिमा कुदिरहेको बस र टेम्पु आपसमा ठक्कर खादा १७ जनाको मृत्यु भएको हो । लखनउबाट दिल्ली जादैं गरेको उक्त बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ ।

दुर्घटनामा १९ जना घाइते भएको उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ४५ बजे