साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्ता छन् कोभीड–१९ का दीर्घकालिन असरहरू

कोरोना भाईरस रोग (कोभीड–१९) का कारण समस्त विश्व अक्रान्त छ। विश्वका सबै देशहरूमा फैलिएको यो वैश्विक व्याधिबाट लाखौले ज्यान गुमाई सकेका छन् भने करोडौले यो रोगलाई जीतेर घर फर्किसकेका छन् तर कोरोना जीत्ने १० देखि १५ प्रतिशत मान्छेमा यो रोगले निम्त्याएको गम्भिर स्वास्थ्य समस्या देखा परिरहेका छन्। विशेष गरि कोभीड–१९का कारणले एक्यूट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम भएकाहरूमा यो रोगको कारणले दीर्घकालिन असरहरू देखा पर्न थालेका छन् ।   

कोभीडको संक्रमण पश्चात देखा पर्ने विभिन्न समस्याहरू मध्य फोक्सोको कार्यक्षमता कमहुने, दम बढ्ने, खोकी गढ्ने र अन्य धेरै दीर्घकालिन असरहरू देखा पर्न गईरहेका छन् । कोभीड भए पश्चात फोक्सोको कार्यक्षमता कम भएकाहरूलाई मुटु, मष्तिस्क, मृगौला र कलेजोमा पनि समस्या देखा पर्दछ । यसैगरि यो रोगको कारणले आईसियू बसेर घर फर्किएका हरूमा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर, चिन्ता र उदासिनता जस्ता समस्या पनि उत्तिकै देखा परिरहेका छन्। यसर्थ कोभीड–१९ जीतेर घर फर्किएकाहरू लाई समेत यो रोगले दीर्घकालिन रूपमा असर गर्ने पो हो कि भनेर अशान्त बनाई रहेको छ।

कोभीड–१९ का दीर्घकालिन स्वास्थ्य समस्याहरूः
कोरोना भाईरस रोग (कोभडि–१९) को संक्रमण पश्चात केही व्याक्तिहरूमा कोभीडकै कारणले एक्यूट रेस्पिरेटरी डिष्ट्रेस सिन्ड्रोम देखापर्न सक्दछ। यसरि एआरडीएस भएकाहरूलाई सघन उपचार कक्षमा हालेर उपचार गर्नुपर्ने हुन्छ जसका कारण स्वास्थ्यमा धेरै दीर्घकालिन समस्याहरू देखापर्न सक्दछन्।
जोखिममा को बढी ?
कोभीड संक्रमित भएकाहरू सबैलाई कोभीड–१९ पश्चात देखापर्ने दीर्घकालिन समस्याहरू देखा पर्दैन तर चर्को रूपमा कोभीडले गालेकाहरू, कोभीडको कारणले ईमर्जेन्सी, आईसीयू र भेन्टिलेटरमा बसेकाहरू, ६५ साल भन्दा धेरै उमेर भएका, दीर्घरोगका कारणले थलापरेका, मुटु, मृर्गौला, कलेजो, फोक्सोको दीर्घकालिन रोगले ग्रसित  भएकाहरू, कमजोर प्रतिरक्षा प्रणाली भएकाहरू, तौल ज्यादा भएकाहरू, आत्मघाति प्रतिरक्षा प्रणालीका रोगिहरू र मधुमेहका रोगीहरूका लागि कोभीड पश्चात देखापर्ने सिन्ड्रोम देखिन सक्दछ। 

के के हुन सक्छ ?
१. दम, खोकी र श्वास प्रश्वासमा समस्याः कोभीड–१९ लाई जितेर हस्पिटलबाट घर फर्किएकाहरूलाई दम बढ्ने, खोकी लाग्ने र श्वास फुल्ने जस्ता समस्याहरू देखा पर्दछन्। यसो हुनुमा कोरोना संक्रमणका क्रममा विकशित भएको न्यूमोनिया, ब्रोङ्काईटिस र श्वास मार्गको ईन्फ्लामेसन हो।   

२. कमजोरीः कोभीड लागेर घर फर्किएकाहरू मध्ये धेरैले कमजारीको सिकायत गरेका छन्। त्यसमा पनि आईसीयूमा बसेका वा भेण्टिलेटर मा रहेका हरूलाई अक्सर कमजोरी देखा पर्दछ। विशेष गरि भेन्टीलेटरमा राखीएका मध्ये ३३ प्रतिशतलाई यो कमजोरी देखा पर्दछ र एक बर्षसम्म रहन सक्छ। यसरी देखापर्ने कमजोरीको कारण भनेको आईयूमा लामो समय सम्म नचली बस्दा र अचेत वा अर्धचेत हुँदा वा कडा संक्रमण र प्रदाहत्मक क्रिया पश्चात विकसित भएको पोलीन्यूरोपथी हो जसले मांशपेशीलाई समेत  कमजोर बनाउदछ।

३.जीउदुख्नेः जीउ दुख्नुको कारण पनि कोभीड पश्चात विकशित हुने पोलीन्यूरोपथी नै हो। यसका अलावा कोभीड हुदाँका बखत उत्सर्जीत भएको प्रोईन्फ्लामेटरी साईटोकाईन्सहरूको रक्तस्तर कम नहुनाले पनि हो। 

४.थकानः लक्षण सहितको कोभीड–१९ लाई जीतेर घर फर्किएकाहरू माध्ये अधिकांशलाई शारीरिक कमजोरी र  दीर्घकालिन थकाईले सताएको पाईएको छ। त्यसमा पनि आईसीयू र भेण्टिलेटरमा बसेर फर्किएकाहरू त स–साना शारीरिक श्रम र व्यायाम गर्दा पनि थाकिहाल्छन्। यसो हुनुको मूख्य कारण कोभीडसंगको लाडाईका दैरान उत्पन्न हुन गएको उर्जा असन्तुलन मानसिक तनावलाई मानिएको छ। यस्तो थकान ईप्टिनबार भाईरस र सार्स जीत्ने हरूमा पनि देखिएको थियो।

५. टाउको दुखाईः कोरोना भाईरस रोगले प्रताडित गरेकाहरू मध्ये धेरैलाई टाउको दुख्ने समस्याले सताएको हुन्छ। टाउको कोभीड पश्चात उत्पन्न भएको तनाव,चिन्ता भय उदासिनता, अनिन्द्रा कमजोरी आदिको कारणले पनि उत्पन्न भएको हुन सक्दछ। यसैगरी कोभीड–१९ले मष्तिस्क वा टाउकाको नशाहरूलाई पनि असर गरेको रहेछ भने पनि न्यूरोलोजीको कारणले टाउको दुख्न सक्दछ। 

६. फोक्सोलाई क्षतिः कोरोना भाईरसले मूख्य असर गर्ने अङ्ग फोक्सो नै हो र संक्रमण अली तिब्र प्रकारको भए फोक्सो र मुटुलाई क्षति पु¥याउन सक्दछ। कोभीड संक्रमण हुँदा फोक्सोमा ईन्फ्लामेसन हुने गर्दछ। ईन्फ्लामेसन हुदा संक्रमीत क्षेत्रमा रातो तातो भई दुख्नु, सुन्निनु र उक्त अङ्गले काम नगर्दे जाने गर्दछ। उक्त स्थान सुन्नीदा सो स्थानमा पानी पनि जम्न जान्छ र न्योमोनीया पनि देखापर्दछ। यो घटनाक्रम फोक्सोबाट मुटु, मृगौला, कलेजो र मष्तिस्कमा पनि सर्न सक्छ र भाईसर त्यहा पुगेर ती अङ्गहरूलाई पनि ड्यामेज गर्नसक्दछ। 

७. श्वास प्रश्वासमा समस्या, रूघा, खोकी, घाटी खसखसाउनेः रूघा, खोकी, घाटी दुख्ने खसखसाउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण कोभीडका आधारभूत लक्षणहरू हुन् जुन पीसीआर नेगाटिभ आएपछि पनि बसिरहन सक्दछ। त्यसमा पनि आईसीयू बसेका र भेण्टिलेटरमा राखिएकाहरूलाई त यी लक्षणहरूले अलि बढ्तै चाप्दछ। कोभीड–१९ पछि दमबढ्ने, श्वासफुल्ने, खोकीलाग्ने जस्ता यी  श्वास प्रश्वासमा देखापर्ने यी समस्याहरूको कारण कोभीडले जीर्ण बनाएको फोक्सो मुटु हुनसक्छ। 

८.जोर्नी दुख्नेः कोभीड पश्चात हुने जोर्नी दुखाई पनि हाम्रो जीवनको गुणवत्ता कम गरिदिन्छ। यसो हुनुको मूख्य कारण कोभीड हुदा आईसोलेसन बस्दा अपनाईएको निष्क्रिय जीवन शैली हो । अझ आईसीयूमा राखिएको विरामीलाई त जोर्नी र जीऊ दुख्ने समस्या अझ धेरै हुन्छ। यसका अलावा रोग अलि धेरै संक्रामक भए जोर्नीका तन्तुहरूमा पनि प्रवावितभई जोर्नीमा क्षति पुगेको पनि हुनसक्छ।

९. छाती दुख्नेः कोभीड–१९ पश्चात हुने छाती दुख्ने समस्याको मुख्य कारण कोभीडको कारणले फोक्सो वा मुटुलाई पुगेको क्षतिका कारणले हो। यसैगरि कोभीड जीते पश्चात पनि कफ जम्ने, दमफूल्ने, फोक्सोको संक्रमण भईरहने जस्ता स्मस्या रहिरहने हुँदा छाती दुख्ने गर्दछ। 

१०. तनाव, चिन्ता, भय र उदासिनताः कोभीड–१९का कारणले आईसीयू बस्नु परेका वा आपतकालिन सेवा लिनु परेकाहरूमा कोभीड जीते पश्चात पनि कोभीडको तनाव चिन्ता र भयले सताई रहेको हुन्छ फलतः विश्तारै विश्तारै उ निराश हुदै जाने उदासिनताको शिकार बन्न पुग्दछ। कोभीड पश्चात हुने यी समस्याको मुख्य कारण कोभीडलाई हाउगुजीकरण गर्नाले नै हो।यसका अलावा कोभीड संक्रकणका कारण पुगेको क्षतिले निम्त्याएको पोष्ट–ट्रमाटिक–स्टे«स–डिसअर्डरका कारणले गर्दा पनि यो समस्या देखा पर्दछ।    

११.अनिन्द्राः कोभीड संक्रमण पश्चात पनि कोभीडका कारणले उत्पन्न तनाव, चिन्ता, भय, उदासिनता, नैराश्यता, पोष्ट–ट्रमाटिक–स्टे«स–डिसअर्डर र विभिन्न अङ्गहरूलाई पुगेको क्षतिका कारणले कोभीड जीते पश्चात पनि अनिन्द्राको समस्या रहन सक्दछ। 

१२. संज्ञानात्मक समस्याः कोभीड–१९लाई जीतेर घर फर्किएका मध्ये ४० प्रतिशत संक्रमितहरूले न्यूरोलोजीकल लक्षणहरू पनि अभिव्याक्त गर्नेगरेका छन् र ३० प्रतिशत भन्दा ज्यादाले संज्ञानात्मक लक्षणहरू जस्तै अभिमुखता, स्मृति, बुद्धिमत्ता, सचेतना, ध्यान, लगाव, एकाग्रता, लय, मुल्याङ्कन गर्ने र निर्णय लिने क्षमता आदिमा गडबडी देखिन थालेको छ। यसो हुनुको मूख्यकारण कोभिडका कारणले थोपरिएको तनाव, चिन्ता, भय र उदासिनता त हुदै हो  साथै भाईरसले स्नायू प्रणलीलाई पनि असर गर्ने हुदा मष्तिस्कलाई क्षति पु¥याउन सक्दछ। कसैकसैलाई त ईन्सेफालाईटिस र मेनिन्जाईटिस पनि हुन्छ।यसै गरि रगतमा संचरित भाईरसले मष्तिस्कका नाशाहरूलाई पनि सुन्याई दिन सक्छ र यी सबै करणले संज्ञानात्मक समस्याहरू देखा पर्दछ।

१३. मानसिक अस्पष्टता (ब्रेन फग) कोरोना संक्रमणका दैरान उत्पन्न तनाव, चिन्ता भय, उदासिनता, आईसोलेसन वा आईसीयूको पट्यार लाग्दो बसाई, थकाई, मष्तिस्कको ईन्फ्लामेसन, खिन्नता, आदिका कारणले कोभीड–१९लाई जीतेका हरूमा मानसिक अस्पष्टता देखिन्छ। 

१४. स्वाद र गन्द ग्रहणमा समस्याः कोभीड संक्रमण हुँदा यसले प्राथमिक स्तरमा नाक मुख र घाटीलाई असर गर्ने गर्दछ। यसो हुँदा नाकको ग्रन्ध ग्रहण गर्ने ग्रन्थी र जीब्राको स्वाद ग्रहण गर्ने ग्रन्थीलाई पनि असर पार्दछ र स्वाद हराउदछ। संक्रमण तिब्र प्रकृतिको भए यी ग्रन्थीहरूलाई मनग्गे क्षति पु¥याई पीसीआर नेगाटिभ आए पश्चात पनि स्वाद र गन्द ग्रहणमा समस्या नसुल्टिन सक्छ।  

१५. मायो कार्डाईटिसः कोरोना भाईरसको संक्रमणले पहिलो चरणमा फोक्सोलाई असर गर्दछ र संक्रमण बढ्दैगए पछि रगतहुदै भाईरस मुटुमा पुग्दछ र मुटुलाई फैलिन्छ फलतः मुटु सुन्निन पुग्दछ जसलाई मायो कार्डाइटिस भनिन्छ। भाईरसलाई जीतेर फर्किएका हरूमा मायो कार्डाईटिसको समस्या रहि रहन सक्दछ।

१६. पोष्ट ईन्टेन्सिभ केयर सिन्ड्रोमः ज्यानै जानसक्ने खतरालाई टार्नका लागि गरिने सघन प्रकृतिको उपचारलाई चिकित्सकिय भाषामा सघन उपचार वा ईन्टेन्सिभ केयर भनिन्छ। सघन उपचारका लागि हस्पिटलहरूमा ईन्टेन्सिभ केयर यूनिटको छुटै व्यावस्था गरिएको हुन्छ। ईन्टेन्सिभ केयर यूनिटमा विरामीलाई लगातार चिकित्सकिय निगरानीमा राखिन्छ। यहाँ विरामीको महत्वपूर्ण शारीरिक मानाङ्कहरू जस्तै रक्तचाप, श्वास गति, शारीरिक ताप, मुटुको गति वा नाडी गति, मुटुको विद्युतिय गतिविधि जाँचगर्न निरन्तर ईसीजी, मष्तिस्कको विद्युतिय गतिविधि जाँचगर्न ईईजी, रक्त अक्सिजन सेचूरेसन आदिको निरन्तर निगरानी राखिन्छ साथै आवश्यक परेको अवश्थामा अल्ट्रासाउण्ड, थोरासिस ईलेक्ट्रीक बायोईम्पिडेन्स, खाना खुवाउनका लागि एनजी ट्यूव, श्वास प्रश्वासलाई सहज गर्नका लागि ईण्डोट्रेकियल ईनट्यूवेसन अथवा भेण्टिलेटर  लगाएत अन्य आवश्यक चिकित्सकिय प्रक्रियाहरूको प्रबन्ध गरिएको हुन्छ। यसरी स्वास्थ्य निगरानीको अति सम्वेदनशिल व्यावस्था गर्दा विरामीलाई मृत्युको मुखबाट बाट पनि फर्काएर ल्याउन सकिन्छ तर आईसीयू बसेकै कारणले वा आईसीयूमा गरिएका चिकित्सकिय प्रक्रियाहरूका कारणले विरामीमा केही स्वास्थ्य समस्याहरू थपिन सक्दछ जसलाई चिकित्सकिय भाषामा पोष्ट ईन्टेन्सिभ केयर सिन्ड्रोम भनिन्छ। यी स्वास्थ्य समस्याहरूलाई मूख्यतः तीन  समूहमा शारीरिक समस्या, मानसिक समस्या र संज्ञानात्मक एवं भावनात्मक समस्या गरेर तीन समूहमा बाडिएको छ।
शारीरिक समस्याः 
आईसीयूमा आर्जीत कमजारीः आईसीयू बसेर फर्किए पछि व्याक्तिमा एक किसिमको कमजोरी देखापर्न सक्दछ जसलाई आईसीयू आर्जीत कमजोरी भनिन्छ भेन्टीलेटरमा राखीएका मध्ये ३३ प्रतिशत लाई यो कमजोरी देखा पर्दछ र एक बर्ष सम्म रहन सक्छ। यसले दैनिक जीवनलाई कष्टकर बनाउछ।यसकोे कारण आईयूमा  लामो समय सम्म नचली बस्दा र अचेत वा अर्धचेत हुँदा वा कडा संक्रमण र प्रदाहत्मक क्रिया पश्चात विकसित भएको पोलीन्यूरोपथी हो।

जोर्नी जामहुने र मांशपेशीहरू सुक्ने समस्याः लामो समय सम्म आईसीयूमा कुजीएर बस्दा हात–गोडाका जोर्नी जाम हुन र        मांशपेशीहरू सुक्न सक्दछ। 

कुपोषणः आईसीयूमा एनजी ट्यूवबाट खाना खुवाईदा वा सलाईन मार्फत खाना खुवाउदा प्रर्याप्त पोषक तत्वहरूको अभावमा कुपोषण विकसित हुनसक्छ।

फोक्सोको कार्यक्षमतामा ह्रासः आईसीयूमा जसजसलाई भेन्टिलेटरमा राखेर श्वास प्रश्वाश गराईएको  हुन्छ वहाँहरूलाई भेन्टीलेटरबाट निकाले पश्चात पनि श्वास प्रश्वाशको समस्या रहिरहन्छ।

मानसिक समस्याः आईसीयूमा क्रिटिकल केयर गराएर ज्यान जोगाउने हरूमा बाहिर आए पाश्चात पनि चिन्ता, उदासिनता, नैरास्यता, स्मृतिनाश, पोष्ट ट्रमाटिक स्ट्रेस, भ्रमाभास, अनिन्द्रा जस्ता मानसिक समस्याहरू देखा पर्दछन्। यसो हुनुको मूख्य कारणहरूमा चोटपटकको पिडा, सेप्सिस, एक्यूट रेस्पीरेटरी डिस्ट्रेस सिन्ड्रोम, रेस्पीरेटरी फेलियोर, रक्तग्लूकोजको  कम मात्रा, अक्सिजनको  कमी, लामो समयसम्म कुजीएर बस्नु र बेहोसी आदि हुन।

संज्ञानात्मक एवं भावानात्मक विकृतिः विषय बस्तुप्रति अभिमुखता, स्मृति, बिद्धिमत्ता, सचेतना, ध्यान, लगाव, एकाग्रता, लय, मुल्याङ्कन गर्ने र निर्णय लिने क्षमता लाई संज्ञानतात्मक क्रिया भनिन्छ। यसै गरि काम, क्रोध, लोभ, मोह, घृणा, हासो, दिक्दारी, खुशी, हर्ष जस्ता मानसिक स्थितिलाई भावना भनिन्छ। लामो समय आईसीयू बसेर आउदा ३० देखि ८० प्रतिशत व्याक्तिमा यी संज्ञानात्मक एवं भावनात्मक क्रियाहरूमा पनि गडबडी देख्न सकिन्छ। यसै गरि आईसीयूबाट फर्किएका हरूमा निन्द्रा कमलाग्ने, दुस्वप्न देख्ने ऐठन हुने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन। 

१७. पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरः बलत्कार, युद्ध, सडक दुर्घटना, बाल दुरव्यवहार, भूकम्प, सुनामी जस्ता ठूला प्रकृतिक प्रकोप आपतकालिन स्वास्थ्य स्थिति, आदि झेलेका व्यक्तिमा ती घटनाको कारणले विकसित भएको मानसिक तनावलाई पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ। पोष्ट ट्रमाटिक स्ट्रेसमा परेकाहरू अधिकतर त्यसै घटनाको विषयमा सोचि रहने, घटनाहरूसँग सम्बन्धित सपनाहरू देख्ने, कसैले घटनाको विषयमा कुरागरे विचलित हुने चिन्तित, थकीत नीराश र उदाश हुने र स्थिति बढ्दै गएमा आत्महत्या सम्म गर्ने गर्दछन्। यो पोष्ट ट्रमाटिक स्ट्रेस कोरोना संक्रमित भएर आपतकालिन सेवा लिएका, आईसीयू र भेण्टिलेटरमा बसेर आएका वा कोभीडले सिकिस्त पारेकाहरूमा पनि देख्न सकिन्छ। यी लक्षणहरू पहिलो एक महिना देखि एक बर्ष सम्म रहन सक्छ। 

१८. दीर्घकालिन खोकीः कोरोना संक्रमणलाई जीतेर निस्किएकाहरू मध्ये ३० प्रतिशतलाई दीर्घकालिन खोकीको समस्याले पछिसम्म पनि पिरोल्ने गरेको पाईएको छ। खोकी लाग्नुको कारण कोभीड–१९ को संक्रमण पश्चात फोक्सोलाई पुग्न गएको क्षतिको कारणले हो। कोभीड नेगाटिभ आए पश्चात पनि संक्रमणको कारणले दम, ब्रोङ्काईटिस र एलर्जी जस्ता समस्या जन्मिने हुँदा खोकी रहिरहने गर्दछ।

१९.हल्का ज्वरोः कोभीड जीतेर फर्किएकाहरू मध्ये केहीलाई हल्का ज्वरो आउने,  टाउको दुख्ने, झाडा पखाला लाग्ने, उल्टिहुने जस्ता लक्षणहरू देखा पर्न सक्दछन।यसो हुनुको कारण एउटा कारण भाईरस लोड पुरै नहट्नु हो भने दोश्रो कारण संक्रमणले खगारेको शरीरले अन्य मौषमी संक्रमणलाई सहन नसक्नाले पनि हो । अझ विरामी आईसीयू वा भेन्टिलेटरमा बसेर आएको हो भने उसको स्वास्थ्य स्थिति त्यति स्थिर नभएको हुनाले अन्य संक्रमणहरूले बेला बेलामा सताई रहन्छ।  

२०. हात खुट्टामा सोला हान्ने र पोल्नेः कोभीडका कारणले सिकिस्त भएर फर्किएका हरूमा यो लक्षण ज्यादा देखिएको छ। यसको कारण पनि कोभीड–१९ संक्रमणका क्रममा विकसित भएको न्यूरोपथी हो। 

२१. छालामा डावर आउनेः कोभीड–१९ संक्रमणका दैरान पनि छालामा डावर आउने, चिलाउने, पानीसरा आउने जस्ता लक्षणहरू देखापर्न सक्छन र यी लक्षणहरू कोभीड नेगाटिभ आएपनि पुनः देखापर्न सक्छन्। 

२२. मुटुको चालमा गडबडीः कोभीडको कारणले तनाव, चिन्ता, भय, उदासिनता, पोष्ट–ट्रमाटिक–स्ट्रेस–डिसअर्डर आदि विकशित भएको भय आफ्नो मुटु चलेको विरामीले थाह पाउन सक्छ जसलाई चिकित्सा विज्ञानको भाषामा पाल्पिटेसन भनिन्छ। यसका अतिरिक्त यदि कोभीडका कारणले कार्डियो मायोपथी विकशित भएको रहेछ भने मुटु कमजोर भएकाले मुटुको चाल गडबड भएको हुनसक्छ। 

२३. कपाल झर्नेः कोभीड जीतेर बाचीरहेकाहरू मध्ये केही प्र्रतिशत मान्छेहरूमा कपाल भर्ने समस्या पनि देखा परेको छ। त्यसमा पनि विशेष गरेर कोभीडको कारणले सिकिस्त भएका हरूमा यो समस्या ज्यादा देखिएको छ। यसो हुनुमा कोभीड संक्रमणका दैरान संक्रमितलाई पर्न गएको शारीरिक र मानसीक तनावलाई उत्तरदायी ठह¥याईएको छ। अझ संक्रमित आईसीयू वा भेण्टिलेटर बसेर गएको भए यो लक्षण अझ तिब्र रूपमा देखापर्ने गर्दछ।

(लेखक भरतपुर–१ वागीश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा  प्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन्।)

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ४२ बजे