दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै, पाउलान त पुरानैले निरन्तरता ?

काठमाडौँ  । दुईदिन स्थगित भएको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त सुनुवाइ आजको लागि सारिएको थियो । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । तर प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको हो ।इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यावासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ ।

आइतबार सरकारी वकिलहरूले इजलासको रोष्टरमा रहेका ११ न्यायाधीशको संसदीय सुनुवाइ हुँदाका बखत सांसद रहेका व्यक्तिहरु पनि रिट निवेदक भएकाले ती ११ जना न्यायाधीश बस्न नहुने तर्क अघि सारेका छन् भने उनीहरुले १८ गते राय व्यक्त गरेका दुईजना न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई इजलासमा बस्न नहुने तर्क अगाडी सारेका थिए ।

प्रधानन्यायाधीश राणाले कुनैपनि न्यायाधीश इजलासमा बस्न योग्य नभएको प्रश्न उठादा मानहानी मुद्धा लाग्ने भन्दै कारवाही हुनसक्ने चेतावनी पनि दिएका थिए । अब आजको इजलास पुरानैले निरन्तरता पाउछ या प्रधानन्यायाधीश राणाले फेरी पुनर्गठन गर्छन भन्ने स्पष्ट रहेको छैन ।  

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ११ बजे