सुनको मूल्यमा नयाँ कीर्तिमान

जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने

फुङ्लिङ – तेह्रथुमको सुकेपोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सोका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्यौली घर तेह्रथुमको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर  खण्ड कालोपत्रे हुन लागेको हो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको जन्म घरदेखि  निगुरादिन र हाम्पाङ खण्डमा आठ किलो मिटर पहिलो चरणमा कोलोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ठेक्का आह्वान भएको उत्तरदक्षिण लोकमार्ग, कार्यालय ताप्लेजुङको सूचना अधिकारी  ई. माधव पौडेलले बताउनुभयो । 

यस्तै ताप्लेजुङको सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी सम्म ११ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । मन्त्रालयले पाथीभरा क्षेत्रको लागि रु ९५ करोडको ठेक्का आह्वान गरेको छ  ।

रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ३९ बजे