दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पार्टी एकताका लागि बामदेवको प्रस्ताव : ०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाऔं

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गर्नुभएको छ ।

गौतमले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुसार गर्दैछ ।’

यस्तो छ विज्ञप्ती

​​​​​​​

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : २५ बजे