दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

 नेपाल–खनाल ‘खरानी समूह’ हो ,माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको  यात्रा अब रोक्नु हुन्न  ः बाँस्कोटा 

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल–खनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान अब कसैले रोक्न नहुने बताउनुभएको छ  ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल–खनाल समूहको जवाफ र आज सुदुरपश्चिममा माओावादी सरकार  जाेगान माधव पक्षका सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मतदान गरेपछि बाँस्कोटाले  नेपाल–खनाल समूहलाई ‘खरानी समूह’ भएको र अबको यीनको यात्रा माओवादी केन्द्रमा विलिन हुने देखिएको बताउनुभएको हो । 

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना दिनुभएको हो । 

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भभन्नुभएको छ , ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’

 

विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना !!

— Gokul Prasad Baskota (@GokulPBaskota) June 8, 2021

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ५२ बजे