सुनको मूल्यमा नयाँ कीर्तिमान

 थप  ५ हजार १५३ जनामा संक्रमण पुष्टि, १०८ जनाको मृत्यु

काठमाडौँ – नेपालमा थप  ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना गरि कुल ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ६ हजार ५७० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ८२ हजार ७३६ रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १०८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार ९८ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ०१ बजे