साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एटिएम तोडफोड गर्दागर्दै पक्राउ

उदयपुर – त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  २ : १८ बजे