मोरङ– चट्याङले लागेर मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय मनिराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार २ : ०९ बजे
प्रतिक्रिया