कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेसँगै भट्टको सरकार जोगिएको छ ।
मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट खसेको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हाले भने कांग्रेसका १२ सांसदले मतदानमा भाग लिएनन् । बैठकमा ५१ जना सांसद उपस्थित हुनुुहन्थ्यो । उनीहरूमध्ये १२ काग्रेंसका सांसद मतदानमा सहभागी नभएका हुन् ।
सुदूरपश्चिम सरकारलाई समर्थन नगर्न एमाले केन्द्रले र प्रदेशले ह्इिप नै जारी गरे पनि माधव नेपाल पक्षले भट्टलाई साथ दिएर बहुमत जुटाइदिएको हो ।
प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार १२ : ४२ बजे
प्रतिक्रिया