सुनको मूल्यमा नयाँ कीर्तिमान

सप्तरीमा नरिवलको रुखबाट खसेर एकको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका ११ मा नरिवल टिप्नको लागि रुख चढेका एक पुरुषको रुखबाट खसेर मृत्यु भएको छ ।

सोमबार सप्तरीको कञ्चनपुर नगरपालिका ३ निवासी ५० वर्षीय सतो खंग खत्वेको नरिवल टिप्नको लागि चढेको रुखबाट खसेर गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटो मै मृत्य भएका थियो । मृतकको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको छ भने घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ११ : २९ बजे