साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कारबाहीको डरले अदालत पुग्यो माधव नेपाल समूह : आइतबार पेसी

काठमाडौं । आफ्नै सरकार र पार्टी विरोधी गतिविधि गर्दै समान्तर कमिटीको अभ्यास गरिरहेको नेकपा एमालेको माधव नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेर कारबाहीको प्रक्रिया अगाडी बढाएको सुइँको पाएसँगै कहिले अध्यक्ष ओलीसँग वार्ता, कहिले स्पष्टीकरण दिएर बसिरहेको उक्त समूह  आज सर्वोच्च अदालतमा रिट लिएर पुगेको हो ।

पार्टी अध्यक्षले आफुसहित २७ सघिंय सांसद र ५ प्रदेशसभालाई कार्वाही गर्न सक्ने डरले  वरिष्ठ नेता माधव कुमार नेपालसहितका ४ नेताले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको बताइन्छ ।  

बिहीबार नेपालसहितका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको हो । 

रिटमा पार्टी अध्यक्ष ओलीले आफूहरूमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दाबी गरिएको छ ।  
सो कारबाही खारेज गर्दै उत्प्रेषण, प्रतिषेध र परमादेश समेतको आदेश माग गरिएको छ। मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ०१ बजे