दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि विहान ७ देखि ९ बजेसम्म मात्र सामान बिक्री गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रं  को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छुटको सामान विक्री गर्नथालेसँगै विक्री केन्द्रमा भीड थेग्न नसकेपछि समय परिवर्तन गर्नुपरेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनका उपमहानिर्देशक कुमार राजभण्डारीले छुटको सामान किन्नेको भीडले गर्दा कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ जिल्ला प्रसाशन कार्यालयको निर्देशनमा मङलबारदेखि लागू हुने गरी समय परिवर्तन गरिएको जानकारी दिनुभयो । कर्पोरेशनले गएको शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि एसटीसी ग्यास एक सिलिण्डर, आटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि विक्री गर्ने मूल्यमा २० प्रतिशत छुटमा विक्री गर्दै आएको छ । छुटको सामान किन्न कर्पोरेशनका विक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन ।
कर्पोरेशनका उपमहानिर्देशक राजभण्डारीले कालीमाटी मात्रै छ जना कर्पोरशनकै सुरक्षा गार्ड र १२ जना प्रहरी परिचालन गर्दा भीड नियन्त्रण गर्न नसकिएको बताउनुभयो ।

खाद्यान्न र ग्यास किन्न आउने उपभोक्ताको भीडले गर्दा कोरोनाको जोखिम झनै बढ्ने भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आग्रहमा पसल खुला हुने समय विहान मात्रै तोकिएको उहाँको भनाई छ । कर्पोरेशनले उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्र कालीमाटी, सतुंगल, जडीबुटी, भक्तपुर र जाउलाखेलबाट उक्त विक्री सेवा दिर्दै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफूहरूले काठमाडौँ जिल्ला प्रसाशन कार्यालयको आग्रह अनुसार आफ्ना विक्री केन्द्र विहान ७ देखि ९ बजेसम्म मात्रै खुला गर्ने गरेको जनाएको छ । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : ०९ बजे