सुनको मूल्यमा नयाँ कीर्तिमान

३५ किलोको ट्युमर निकालियो

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ ।  एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।  

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहनुभएको जानकारी दिनुभयो  । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ । 

यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ ।  आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा     आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।  

बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ ।
अक्सिजन प्लान्टका लागि  रु। पाँच करोठ चार लाख ७१ हजार सङ्कलन

 भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनस्तरबाट  पाँच करोड चार लाख ७१ हजार १०० रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । 

    नगरपालिकाले उपकरणका लागि यही जेठ ५ गते ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रकम उपलब्ध गराइदिन जनस्तरमा नगर प्रमुख सुनिल प्रजापतिले आव्हान गर्नुभएको थियो । यसपछि उक्त रकम सङकलन भएको जनाइएको छ । नगरपालिकालाइ संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा स्थानीय दाताबाट प्राप्त रकमबाट आइसोलेशन केन्द्र र एचडियू सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्ने भएको छ । सहयोग रकम आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

–रमेश गिरी/रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ३८ बजे