दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सवोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा अनलाइन व्यवसाय नरोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

यस्तै आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म इ–कमर्शको सेवा प्रदान गर्दै आएका कम्पनीहरूको सेवामा रोक नलगाउन आदेश भनिएको छ । अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफल गर्न निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहसका गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ०३ बजे