साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया – सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने कोपीराज सापकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष अदालत बबरमहल काठमाडौंको २०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै ठेगानाबाट पक्राउ गरेको हो ।

सापकोटालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरिया बर्दियाम बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय बर्दिया चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : ५२ बजे