‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मलेसियालाई ६९ रनले हराउँदै फाइनलमा पुग्यो नेपाल 

काठमाडौं । त्रिकोणात्मक टी– २० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३–३ विकेट लिएका थिए। सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए भने करणले विकेट भने लिन सकेनन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : ५१ बजे