सुनको मूल्यमा नयाँ कीर्तिमान

कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

काठमाडौं–मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । ४२ वर्षे डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार राति ११ः५७ मा निधन भएको हो ।

डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा. सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिपछि गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार भइरहे पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा चार दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

बंगलादेशमा पढेका डा. सुवेदी ललितपुर इमाडोलका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १ : १६ बजे