दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

माधव नेपालसँग भेटिसकेर देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठमा

काठमाडौं । माधवकुमार नेपालसँग भेटघाट सक्नासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको छ । एमालेभित्र एकता हुने सम्भावना देखिएपछि प्रचण्डको दौडधुप सुरु भएको हो । बुढानिलकण्ठमा उहाँले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थाल्नुभएको छ । 

प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो । आज उहाँहरु बीच कोटेश्वरमा व्यवायी टपेन्द्र तिमिल्सिनाको घरुमा छलफल भएको थियो । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ५६ बजे