दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भोलिदेखी ज्येष्ठ नागरिकलाई खोप लगाइँदै, तोकिएको उमेरभन्दा बाहिरका व्यक्ति नगईदिन आग्रह

काठमाडौँ । चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले काठमाडौँका ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताएका छन् ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । खोप महानगरका ३२ वटै वडा कार्यालयका केन्द्रमार्फत उपलब्ध हुने जनाइएको छ ।

यस्तो छ खोपको तालिका

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ४४ बजे