दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले मङ्गलवार विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलवार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार दर्ता भएको छ । 

जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यहाँको संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

सरकारले आज विश्वासको मत लिन खोजेको तर काँग्रेसले विरोध गरेपछि मङ्गलवारका लागि सरेको बताइएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ३२ बजे