दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन माधव नेपाल पक्षले आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको हो । 

बैठक आज आज बिहान ११ः०० बजे भर्चुअलमा रूपमा बस्ने बताइएको छ ।

आइतबार साँझ अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वावस्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको थियो।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : १६ बजे