काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आइतबार शिष्टाचार भेटघाट गर्नुभएको छ ।
सो अवसरमा उहाँहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ७ : २८ बजे
प्रतिक्रिया