‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

डेनमार्कले एस्ट्राजेनिकाको  १४ लाख डोज खोप नेपाललाई दिने

काठमाडौं । डेनमार्क सरकारले कोरोना विरुद्धको १४ लाख डोज एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको  छ ।  यो खोप कोभ्याक्स अन्तर्गतको भने हैन । विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले खोप पठाउन लागेको पत्र आएको पुष्टि गर्नुभयो । प्राप्त खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि तिंकरले खुलासा गर्नुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : २८ बजे