दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

कर्णालीमा थपिएका दुई मन्त्रीले लिए सपथ

​​​​​​​काठमाडौं । कर्णालीमा थपिएका दुई जना मन्त्रीले सपथ लिनुभएको छ  ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिनुभएको हो । 

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो । उहाहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी हुनुभएको हो । पुनर्गठनपछि कर्णालीको मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : १७ बजे