‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म

रामपुर (पाल्पा) – पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पु¥याइएको छ  ।

        जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ  । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

       कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  २ : २४ बजे