‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन

काठमाडौँ । संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलास गठन भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज वरिष्ठतम् न्यायाधीशहरू सहभागी  संवैधानिक इजलास गठन गर्नुभएको हो  । 

प्रधानन्यायाधीश जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेनुभएको छ । संसद विघटन विरुद्धको मुद्दाको आजैबाट सुनुवाई हुनेछ ।

जेठ २४ गते गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो ।

​​​​​​​

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २६ बजे