दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । 

भर्चुअल माध्यमबाट शनिबारबसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको हो ।
 
बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमान्दारीपूर्ण प्रयत्न नभएको आरोपसमेत लगाएको एक सदस्यले जनाएका छन् । 
 
बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र  बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न  सरकारको ध्यानाकर्षण गराएको छ । 

बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : ३३ बजे