दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जुन कुराको तीव्र विरोध भइरहेको छ, त्यो माओवादी केन्द्रको नीति हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको भएको बताउनुभएको छ ।

नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिको बिरोध भइरहेका बेला पोखरेलले जुन कुराको विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताउनुभएको छ । उहाँले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो। आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ। तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : २८ बजे